बन्ने भयो नागढुङ्गामा सुरुङ मार्ग, कहिलेदेखी सुरु हुन्छ काम ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 12:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नागढुङगा सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन डीपीआर तयार भएको छ । राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्ने खोलासम्म २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा नागढुङगा सुरुङमार्गको डीपीआर तयार भएको हो ।

 जाइकाले डीपीआर बनाएर बुझाएको सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘डीपीआरमा उल्लेखित विषय वस्तुको अध्ययन गर्ने काम हुँदैछ, अध्ययनको काम सकिएसँगै सुरुङमार्ग बनाउनका लागि ठेक्का प्रक्रिया अगाडि बढाउने छौं ।’ डीपाआरको अध्ययन गरेर जेठ महिनाभित्रमा सुरुङमार्गको ठेक्का प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । ठेक्काका लागि महाशाखाले ३५ दिने सार्वजनिक सूचना जारी गर्नेछ । सुरुङमार्ग बनाउन इच्छा देखाउने कम्पनीहरुको मूल्याङकन गर्न केहि समय लाग्नेछ । सुरुङमार्ग बनाउने कार्य आगामी आर्थिक बर्षबाट शुरु हुने उनको ठम्याई छ । 

राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २.७ किलोमिटर र चौडाई ९।५ मिटर तथा उचाई १८ मिटर हुनेछ । सरुङमा साढे ३ मिटर दरका २ लेन सडक र बाँकी साढे २ मिटर यात्राका क्रममा सवारीमा कुनै समस्या आएमा साइड लगाएर रोक्न मिल्नेगरी निर्माण गरिनेछ । यस्तो ब्यवस्थाले बिग्रेका सवारीसाधनको कारणले सडकमा जामको समस्या हुने छैन ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १६ अर्ब रुपैयाँ सहुलियत ऋण दिन अर्थमन्त्रालयसँग सम्झौता भइसकेको छ । जापान सरकारको सहयोगका बाबजुत ६ अर्ब रुपैयाँ सुरुङमार्ग निर्माणका लागि अपुग देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved