चीनले थाल्यो तातोपानी सुक्खा बन्दरगाह निर्माण, एक बर्षमा सक्ने लक्ष्य

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 01:44:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनसँग सिमा जोडिएको तातोपानी नाका नजिकै लार्चाको सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । भुकम्प गएको करिव ३ बर्षपछि तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माणका सम्वन्धमा भएको सहमति कार्यान्वयन गर्न नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच बिहिबार सम्झौता पत्रमा हस्ताक्षर भएपछि काम सुरु भएको हो ।  चीनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी चीनियाँ रेलवे (सिआरसिसि) ले आजैबाट काम सुरु गरेर १ वर्षमै पूरा गर्ने जनाएको छ । २०७२ सालमा गएको भुकम्पले बन्दरगाहमा क्षति पुर्याएपछि निर्माणको काम रोकिएको थियो । 

तातोपानी सुक्खा बन्दरगाह पुननिर्माण गरि सञ्चालन ल्याउन भन्दै वाणिज्य मन्त्रालय र चीनियाँ राजदुतावासबीच ३१ मार्च  २०१७ मै हस्ताक्षर भएको थियो । तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन ‘पोष्ट डिजाष्टर रिकभरी प्रोजेक्ट’ बनाएर तीन भागमा विभाजन गरि आयोजनाको काम पुरा गर्ने लक्ष्य लिईएको थियो । करिव तीन सातादेखि नै चीनियाँ पक्षले क्याम्प निर्माण, साइट क्लियर, बन्दरगाह पुग्ने पहुँचमार्ग लगायतको काम गरिरहेको थियो भने आजबाट बन्दरगाहको पुननिर्माण नै सुरु भएको छ । 

बन्दरगाह पुग्न भोटेकोसी नदीमा पक्की पुलसमेत निर्माण हुने छ । अन्तिम चरणमा निर्माण भैरहेको पुल भोटेकोसीमा आएको बाढीले बगाएपछि पुन निर्माण गर्न लागिएको हो । चीनियाँ सरकारका प्रतिनिधि झाङ फ्यानले चीनियाँ ४० जना प्राविधिक र अरु थप कामदारले आजैबाट काम थालेको जानकारी दिए । त्यसैगरि उनले प्रोजेक्टमा नेपाल सरकारको पुर्ण सहयोग भएमा समयमै पुरा हुने समेत दाबी गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देश बस्नेतले आवश्यक सहयोगका लागि नेपाल सरकार तयार रहेको बताए । यो बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट हुने चीन नेपाल व्यापारमा सहज हुने उनले बताए । भुकम्पपछि चीनियाँ नाका भने बन्द छ ।  

यो बन्दरगाह चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भैरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । चीन र नेपाललाई जोड्ने मितेरी पुलबाट साढे छ किलोमिटर तल करिव ९० रोपनी क्षेत्रफलमा फैलने गरि सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved