२०७५ आर्थिक समृद्धिको बर्ष : उपराष्ट्रपति

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 03:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उपराष्ट्रपति नन्द बहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । 

स्थायी सरकारको निर्माण, लोडसेडिंग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको पुनको भनाई छ । आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वकासाथ अगाडि वढाउनु पर्ने उनले बताए । 

नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै अबको गन्तव्य आर्थिक समृद्धि हुनु पर्ने बताए । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको भन्दै उनले अब लगानी भित्राउनेतर्फ सरकारको ध्यान जानु पर्ने धारणा राखे । उहाँंले व्यापार घाटा क मगर्न आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने र लागि निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनु पर्ने श्रेष्ठको भनाई छ ।       

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved