ओली र दाहालबीच आजै दुई पटक छलफल, के भयो कुराकानी ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 09:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ । 

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि ठोस सहमति बाहिर आएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उनीहरु बीच छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिए   । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved