गाडी नचलाउनेको विवरण संकलन गर्दै बिभाग, साँझ रुट इजाजत खारेज गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 04, 2018 | 10:41:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको निर्णय बिरुद्द आन्दोलनमा उत्रेका यातायात ब्यवसायीले आज देशभरका लामो तथा छोटो दुरीका सम्पूर्ण यातयात ठप्प पारेका छन् । राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले हिजो देखि नै लामो दुरीका र आज छोटो दुरीका यातायात ठप्प पारेका हुन् ।  समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन्। 

महासंघका महासचिव सरोज सिटौलाका आन्दोलनको नियमित कार्यक्रम अन्तर्गत नै शुक्रबार देशभरका यातायात बन्द गर्ने निर्णय भएको हो  । उनले भने ' देशभरका यातायात ग्यारेज वा घरमा लगेर थन्क्याएका छौ, कुनै पनि रुटमा कुनै पनि गाडी चल्दैन' ।  लामोदुरीका रात्रीकालिन बसहरु भने हिजो देखि नै चलेका छैनन्  ।   

सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध व्यबसायीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका निर्णय गरेपछि ति निर्णय खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा छन्। सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने महासंघले जनाएको छ।

महासंघका महासचिव सिटौलाले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने पनि बताएका छन्। उनले भने 'हामीले हाम्रो गाडी मात्र ग्यारेजमा राख्ने हो, सडकमा चल्ने अन्य गाडीलाई हाम्रो अवरोध हुदैन, हाम्रो आन्दोलन शान्तिपूर्ण हो, तोडफोड गर्दैनौ, कसैले गरे हामी आफै कारबाही गर्छौ' ।

यता सरकारले भने गाडी नचलाए रुट खारेज गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले रुट अनुमति लिएका तर सञ्चालन नगर्ने सवारीसाधनको रुट अनुमति खारेज गर्ने  बताएका हुन् ।  सरकारको निर्णय बिरुद्द आन्दोलनमा उत्रेका यातायात ब्यवसायीले आज देशभरका लामो तथा छोटो दुरीका सम्पूर्ण यातयात ठप्प पारेका छन् । राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले हिजो देखि नै लामो दुरीका र आज छोटो दुरीका यातायात ठप्प पारेका हुन् ।  समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन्। 

महासंघका महासचिव सरोज सिटौलाका आन्दोलनको नियमित कार्यक्रम अन्तर्गत नै शुक्रबार देशभरका यातायात बन्द गर्ने निर्णय भएको हो  । उनले भने ' देशभरका यातायात ग्यारेज वा घरमा लगेर थन्क्याएका छौ, कुनै पनि रुटमा कुनै पनि गाडी चल्दैन' ।  लामोदुरीका रात्रीकालिन बसहरु भने हिजो देखि नै चलेका छैनन्  ।   

सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध व्यबसायीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका निर्णय गरेपछि ति निर्णय खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा छन्। सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने महासंघले जनाएको छ।

महासंघका महासचिव सिटौलाले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने पनि बताएका छन्। उनले भने 'हामीले हाम्रो गाडी मात्र ग्यारेजमा राख्ने हो, सडकमा चल्ने अन्य गाडीलाई हाम्रो अवरोध हुदैन, हाम्रो आन्दोलन शान्तिपूर्ण हो, तोडफोड गर्दैनौ, कसैले गरे हामी आफै कारबाही गर्छौ' ।

यता सरकारले भने गाडी नचलाए रुट खारेज गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले रुट अनुमति लिएका तर सञ्चालन नगर्ने सवारीसाधनको रुट अनुमति खारेज गर्ने  बताएका हुन् ।  विभागले सिन्डिकेटको माग गर्दै सवारीसाधन नचलाउने यातायात व्यवसायीको तथ्याङक संकलन थालेको छ । विभागले सवारी नचलाउने व्यवसायीको रुट इजाजत खारेज गर्नका लागि विवरण संकलन थालेको हो। अहिले देशैभरी सवारी नचलाउने व्यवसायीको तथ्याङ संकलन भईरहेको बिभागले जनाएको छ । 

यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालले साँझ ४ बजेसम्म तथ्यांक संकलन गर्ने र त्यसपछि बैठक बसेर रुट खारेज गर्ने जानकारी दिएका हुन् । 

यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको छ ।क्यू फ्री गर्दा गाडीहरु रुट पर्मिट नपाएको स्थानमा पनि जान सक्छन   । यात्रुको बढी चाप रहेको ठाउँमा यसरी गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved