पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 01:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले पक्राउ गरेको छ । सिन्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र गाहालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो । सवारी साधन चलाउन छोडेर आन्दोलनमा उत्रिएका उनलाई प्रहरीले बुटवलको मिलनचोकबाट समातेको हो । 

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । व्यबसायीको आन्दोलनका कारण नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न सबै जिल्लाका सिडिओलाई निर्देशन दिएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved