यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ, महासंघको आकस्मिक वैठक बस्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 01:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । पक्राउ परेका सिटौलालाई अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए । उनलाई काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ गरिएको हो । 

यातायातका साधन नचलाउने अरु व्यबसायीकोे खाजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिटौलाले भन ‘ममाथि अन्याय भयो, रपोटर्स क्लबबाट मलाई पक्राउ गरेको हो’ भनेका छन् । 

त्यसैगरी पूर्वाञ्चल बस व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठ र उपाध्यक्ष मोहनमणि बराल पक्राउ परेका छन् । त्यस्तै लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे र उपाध्यक्ष विश्वम्भर अर्याल पनि पक्राउ परेका छन् । उता रुपन्देहीबाट पश्चिमाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगरलाई पनि पक्राउ गरेको छ । 

यसैबीच यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पक्राउ पर्नुअघि देशैभरका यातायात समितिका सदस्यहरुमाथि सरकारले धरपकड गरेको आरोप लगाएका छन् । उनले शुक्रबार २ बजेसम्म १ सयभन्दा बढी पदाधिकारी तथा सदस्यहरु पक्राउ परेको जनाएका छन् । महासचिव सिटौलाले भने, ‘व्यवसायीहरुलाई गिरफ्तार गर्नु अत्यन्तै दुखद छ । हाममिाथि अन्याय÷अत्याचार भयो । देशमा लोकतन्त्र हो कि के हो, हामी दुखी छौँ, हाम्रो आन्दोलन रोकिएको छैन ।’ 

यसैबीच यातायात व्यवसायी महासंघले केही समयमै आफ्नो आकस्मिक वैठक बस्ने तयारी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved