यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्ति पनि छानबिन हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 03:10:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यातायात व्यबसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । आज शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल लगायत सरोकारवालाको बैठकले साविकका यातायात व्यवसायी महासंघ र पदाधिकारीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले लिई सोको विवरण सम्पत्ति शुद्धिकरण विभागमा उपलब्धले गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । 

बैठकले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात व्यवसायी महासंघ र समितिको विवरण तयार पारी विभागले बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ । बैठकमा यातायात मन्त्री महासेठले कम्पनीको रूपमा व्यवसाय दर्ता गर्न कम्तिमा पाँच सवारी साधन हुनु पर्ने प्रावधान हटाइ एउटा सवारी पनि कम्पनीको रूपमा दर्ता हुने जानकारी गराएका थिए । बैठकले बीमा लगायत व्यवसायीका केही माग सम्बोधन गर्न सरकार तयार रहेको भए पनि सिन्डिकेट अन्त्य गर्नबाट भने पछि नहट्ने दोर्होयाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved