आज नचलेका सबै गाडीको रुट परमिट आजैदेखि खारेज

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 03:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आज सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । 

भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने गरी रुट परमिट निलम्ब गर्ने तयारी भइरहेको बताए । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उनले जनाए । 

त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना आफूहरुले पाएको भन्दै उनले बैँकखाता रोक्न गृहमन्त्रालयले गृहकार्य गरिसकेको पनि बताए । बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्क ागर्न विभागले अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई लेखि पठाउने तयारी भइरहेको भट्टराइले बताए । बैठकले विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ । 

गृहमन्त्री रामबहादुर थापाबादलको नेतृत्वमाशुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको छ । “२०४९ को ऐनलाई कार्यविधि मार्फत लागु गर्न खोजिएको हो । प्रतिस्पर्धी व्यवसायीलाई प्रोत्साहन गर्ने सर्वोच्चको आदेश अनुसार पनि सरकार चल्न खोजेको हो । तर व्यवसायीले कार्यविधी नै पढेनन्, कुरै नबुझी विरोध गरिरहेका छन् ।” भट्टराईले भने । “सरकार सम्झौतागर्दैन । अबयातायात क्षेत्र यात्रुमैत्री र सुविधायुक्त हुन्छ । नयाँव्यवसायीलाई पनिआकर्षित गर्छौँ । तर सरकार एक कदम पछि हट्दैन ।” उनले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved