EXCLUSIVE: यी हुन् बैंक खाता रोक्का गरिएका २४५ सिण्डिकेट पक्षधर समितिहरु (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 08:41:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गरेको छ।  राष्ट्र बैंकले  सिन्डिकेट पक्षधर यातायात समितिका नाममा रहेका  सम्पूर्ण  खाता रोक्का गर्न बैंकहरुलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको निर्देशन अनुसार राष्ट्र बैंकले खाता रोक्का गर्न सर्कुलर जारि गरेको हो। 

जस अनुसार राष्ट्र बैंकले देशभरिका २ सय ४५ समितिका खाता रोक्का गर्न निर्देशन दिएको हो ।  २४५ समिति मध्ये सबै भन्दा धेरै प्रदेश नम्बर ३ मा छन् भने सबै भन्दा कम प्रदेश २ मा रहेका छन् । 

शुक्रवार गृहमन्त्रालयमा बसेको बैठकमा यातायात व्यवस्था विभागले सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्र पठाएको थियो । विभागले पठाएको पत्रका आधारमा राष्ट्र बैंकले आइतवार देशभरका सबैं वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरेको हो । 

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले अब सरकारले अनुमति दिएमात्र फुकुवा हुने बताएका छन् । उनले समितिका नाममा कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको रकम झिक्न नमिल्ने जानकारी दिए।  खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

हेर्नुस सुची कुन जिल्लामा कुन कुन समितिको खाता भए रोक्का  ।









Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved