चिनियाँ साझेदारसँग मिलेर बुटवल पावरले किन्यो ८८२ मेगावाटकाे दुर्इ अायाेजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 02:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना चिनियाँ साझेदारहरु सँग मिलेर ८८२ मेगावाट क्षमताको दुई जलविद्युत्त आयोजनाको सम्पूर्ण सेयर किनेका छ । कम्पनीले चिनियाँ साझेदारसँग मिलेर ६०० मेगावाटको अपर मस्र्याङ्दी–२ आयोजना निर्माणका लागि हिमताल हाइड्रोपावर कम्पनी खरिद गरेको हो ।    


 नेपालको बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी, र तीन साझेदार चिनीयाँ कम्पनीहरु (एससीआईजी इन्टरनेसन लिमिटेड, जिङ्चेण्ड इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड)ले भारतीय कम्पनी जीएमआर इनर्जीको स्वामित्वमा रहेको हिमतात हाइड्रोपावर कम्पनी खरिद गरेका हुन् ।

शेयर खरिद सम्झौता अनुसार नयाँ आयोजना निर्माण कम्पनीमा बुटवल पावरको १९.४% सेयर स्वामित्व रहनेछ भने बाँकी स्वामित्व ३ चिनियाँ कम्पनीको हुनेछ । 

त्यस्तै बुटवल पावरले मस्र्याङ्दी नदीमा नै निर्माण हुने २ सय ८२ मेगावाटको मनांग मर्स्याङ्दी आयोजना निर्माणको लागि सो को आयोजना कम्पनी मनाङ मर्स्याङ्दी हाइड्रोपावरको सम्पूर्ण शेयर विदेशी सेयरधनी राजरत्न इनर्जी होल्डिङसँग खरिद गरेको छ । 

यो आयोजना निर्माण पनि चिनियाँ साझेदारसँग मिलेर गर्ने बुटवल पावरले जनाएको छ  । 

भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले लगानी जुटाउन नसकेपछि बुटवल पावर कम्पनी र साझेदारलाई   सम्पुर्ण स्वामित्व बिक्री गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved