सरकारद्धारा तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 12:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तिलगंगा आँखा अस्पताललाई १० करोड रुपैयाँ प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आँखा अस्पताललाई १० करोड प्रदान गरेको हो । उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । 

नवीन्द्रराज जोशी उद्योगमन्त्री रहेको बेला तिलगंगालाई उक्त रकम दिने निर्णय गरिएको थियो । आँखाको लेन्स उत्पादन गर्दै आएको अस्पतालका आवश्यक मेसिन तथा सामाग्रीहरु खरिद गर्न सरकारले उक्त रकम सहयोग गरेको हो । तिलगंगाले उत्पादन गरेका आँखा उपचारका लेन्स विदेशमा समेत निर्यात हुदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved