यी जलविद्युत आयोजनाको शेयर हरेक नेपालीलाई दिईने, विदेशबाट समेत आवेदन दिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2018 | 02:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा संचालन गर्ने भएको छ। सरकारले हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ् गर्न यस्तो कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) सार्बजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  । 

मन्त्री पुनले अपर अरुण ( ७२५ मेगावाट), अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), किमाथाङ्का अरुण ( ५०० मेगावाट), भेरी बबई डाईभर्सन (४८ मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) र तामाकोशी–५ (१०१ मेगावाट) जस्ता आकर्षक र नाफामुलक जलविद्युत आयोजनाहरु यसै अभियान अन्तर्गत सञ्चालन गरिने जानकारी दिएका हुन् । वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिने भएको छ। तत्कालै लगानी गर्न नसक्ने लक्षित तथा विपन्न वर्गलाई हुने गरी विशेष व्यवस्था अपनाइने उर्जा मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश सरकार एवम् स्थानीय तहको समेत शेयर रहने गरी हरेक प्रदेशबाट कम्तीमा एउटा मझौला क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाईने सरकारले घोषणा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved