१६ एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 02:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षिक नेतृत्वको बढुवा समीतिले १६ एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बरिष्ठता र कार्यक्षमताका आधारमा गरिएको सिफारिसको पहिलो नम्बरमा एसएसपी केदार रिजाल, दोस्रो नम्बरमा एसएसपी शेरबहादुर बस्नेत र तेस्रो नम्बरमा एसएसपी पिताम्बर अधिकारी रहेका छन् । 

त्यस्तै सिफरिसमा परेका अन्य एसएसपीहरुमा दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, रविन्द्र प्रसाद शर्मा, कमल बहादुर जिटी, महेन्द्र कुमार ख्रेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दान सिंह बोहोरा, सुशिल कुमारी भण्डारी, राम प्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै बढुवा प्रक्रिया अगाडि बढाइएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved