उर्जामन्त्रीको श्वेतपत्र : तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर, २ करोड ८० लाख जनतालाई जलविद्युतको सेयर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 02:38:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने लक्ष्य सहितको श्वेतपत्र जारी गरेको छ । मंगलबार उर्जामन्त्री बर्षमान पुनले उर्जा सम्बन्धि श्वेतपत्र जारी गर्दै निर्माणाधिन उत्पादन, प्रशारण तथा वितरण लाइन आयोजनाहरु समयभित्र सक्ने लक्ष्य प्रस्तुत गरेका हुन् । 

सरकारले आफ्नो स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत पावर बण्ड लगायत दीर्घकालिन लगानीका संयन्त्रको माध्यमबाट छरिएर रहेका स्वदेशी पूँजी एकीकृत गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने नीति लिएको छ । उर्जामन्त्री पुनले नयाँ सडकहरुको डिजाइन गर्दा प्रशारण लाइनलाई समेत समेट्ने गरी आवश्यक समन्वय गर्ने घोषणा गरेका छन् । उनले भने “शहरी विद्युत तथा सञ्चारका आधारभुत सेवा प्रदान गर्ने पूर्वाधार संरचनाहरु एकिकृत रुपमा निर्माण गरिने छ ।” 

यसैबीच सरकारले सबै जनतालाई जलविद्युतको सेयर दिने भएको छ । सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माण गरेर २ करोड ८० लाख जनतालाई जलविद्युतको सेयर दिने भएको हो ।  पछिल्लो समयमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई अनिवार्य रुपमा १० प्रतिशत दिने व्यवस्था भएपछि सर्वसाधारणलाई पनि न्युनतम थप १५ प्रतिशत सेयर दिन थालेका छन् । मन्त्री  पुनले पछिल्लो समयमा निर्माण हुने अधिकाँश जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर दिने घोषणा समेत गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved