काठमाडौं महानगरद्धारा फुटपाथका पसल हटाउन सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 04:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने पैदलमार्ग (फुटपाथ) का पसल हटाउन सुरु गरेको छ ।  रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने महानगरका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । 

अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटना बढेको र पैदलयात्रीलाई हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान थालिएको महानगरले जनाएको छ । नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्न सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्री सहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवाना समेत बुझाउनुपर्नेछ । अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved