आज संसदमा प्रि बजेट पेश हुदै, यस्तो छ आजको कार्यसुची

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 10:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको आज बुधबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रि–बजेट पेश गर्दै छन् । बैठक आज १ बजेको लागि आह्वान गरिएको छ । बैठकमा मन्त्री खतिवडाले प्रि-बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न लागेका हुन् । अर्थमन्त्रीले संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य प्राप्ति , पूर्वाधार क्षेत्रमा लगानी, पुननिर्माणमा प्राथमिकतालगायत विषयमा केन्द्रित प्रि–बजेट प्रस्तुतको तयारी गरेका छन्। बजेटमा सरकारको महत्वकांक्षासँग जोडिएका परियोजनाहरु पनि सामेल गरिनेछन् ।

अर्थमन्त्री खतिवडाले मंगलबार बजेट तयारीबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका थिए।

यस्तो छ आजको बैठक कार्यसुची  ।
(सम्भावित कार्यक्रम)

१. मा० गृह मन्त्री श्री रामबहादुर थापाले “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने । 
२.मा० श्री प्रेम सुवालले पेश गर्नुभएको “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई अस्वीकार गरियोस्” भन्ने सूचना उपर छलफल हुने एवं निर्णयार्थ प्रस्तुत गरिने ।
३. मा० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४. मा० श्री प्रेम सुवालले पेश गर्नुभएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ लाई अस्वीकार गरियोस्” भन्ने सूचना उपर छलफल हुने एवं निर्णयार्थ प्रस्तुत गरिने ।
५. मा० कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शरेबहादुर तामाङ्गले“बेपत्ता पारिएका व्यक्तिकोछानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६.  मा० श्री प्रेम सुवालले पेश गर्नुभएको “संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ लाई अस्वीकार गरियोस्” भन्ने सूचना उपर छलफल हुने एवं निर्णयार्थ प्रस्तुत गरिने ।
७.  मा० कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ्गले “संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने
८. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका मा० सभापति श्री कृष्णभक्त पोख्रेलले “प्रतिनिधि सभा नियमावली, २०७५ को मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
९.  उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने ।
१०.  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका मा० सभापति श्री कृष्णभक्त पोख्रेलले “प्रतिनिधि सभा नियमावली, २०७५ को मस्यौदा प्रतिवेदनलाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
११.  मा० अर्थमन्त्री डा० युवराज खतिवडाले “आ.व. २०७५÷०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने   ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved