पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 12:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले सो समूह गठन गरेको हो । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहने उक्त समूहमा मन्त्रालयका सचिव तथा पर्यटन सम्बद्ध सहसचिवहरु पनि रहनेछन् । विज्ञ समूहले पर्यटन क्षेत्रको विषयगत सुधारका विषयमा केन्द्रित भएर राय सुझाव दिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । उनले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धाणर गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउन एक÷दुई दिनभित्रै विज्ञ समूहको बैठक बस्ने बताए। 

नेपालको पर्यटन क्षेत्र सुधारका लागि आवश्यकताअनुसार सो समूहले सुझाव प्रदान गर्नेछ । विज्ञ समूहले पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि राय÷परामर्श दिनेछ भने सरकारबाट समय समयमा गठन हुने विभिन्न कार्यदलमा विज्ञहरुका रुपमा सेवा प्रदान गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञ समूहमा मनोनयन भएका सदस्यहरुमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दनमणि दीक्षित, डा गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मित्र, वासु त्रिपाठी, विजय अमात्य र मदन आचार्य हुनुहुन्छ । त्यसैगरी, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पासोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य, सुबोध राणा, तेजबहादुर ढकाल, सीताराम सापकोटा छन् । 


संस्थागततर्फ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ र प्यासिफिक एशिया ट्राभल एशोसिएसन, पाटा नेपाल च्याप्टरका अध्यक्षहरु विज्ञ समितिमा रहने मन्त्रालयले जनाएको छ । 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved