८ महिनामा तास आयात गरेरै सकियो १० करोड, १ प्याकेटको मूल्य ९६ रुपैयाँसम्म

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 01:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भावना लामा 

दशैंतिहार आयो सबैलाई चटारो समुह बाँधेर तास खेल्नलाई । साथीभाई भेट भयो रमाइलो गर्नुपर्यो सम्झना फेरी तासकै आउँछ । फुर्सदको समय छ सदुपयोग गर्नुपर्यो के गर्ने भन्दा तास खेल्ने । कति प्यारो छ यो तास शब्द । यही तासले टाढीएका र न्यास्रीएका साथीभाइको समीप्यता बढाइदिएको छ भने कतै यही तासले घरबार पनि उजाडीएको छ । कतै जादु देखाउन प्रयोग हुन्छ भने विद्यालयको पाठ्यक्रममा सम्भाव्यता पढाउन पनि तासकै प्रयोग भएको छ । जसले जसरी प्रयोग गर्छ त्यसैगरी पल्टीदिएको तास । 

तास खेल्नेहरुलाई तासको हरेक पत्ती याद हुन्छ । कुन पत्तीले कस्तो भूमिका निभाउँछ भनेर । तर तास कहाँ बन्छ ? कसरी आइपुग्छ आफ्नो हातसम्म त्यो भने धेरैलाई थाहा नहुन सक्छ । चालु आर्थिक बर्ष २०७४/७५  को साउन महिनादेखि फागुनसम्मको ८ महिनाको अवधिमा नेपालले १० करोड ९ लाख ४८ हजार रकम बराबरको तास भित्रिएको पाईएको छ ।  भन्सार विभागले यस अवधिमा नेपालले विश्वका विभिन्न ६ राष्ट्रहरुबाट कुल ९४ लाख ४५ हजार १९ प्याकेट तास आयात गरेको देखाएको छ । यसबाट झन्डै ४ करोडको राजश्व उठेको पछिल्लो तथ्यांकले देखाएको छ  । 

 चीन, हंगकंग, भारत, मलेसिया, ताइवान, र संयुक्त राज्य अमेरिकाबाट नेपालमा तास आयात हुने गरेको  छ । जसमध्ये सबैभन्दा बढी तास चीनबाट आयात भएको तथ्यांकले देखाएको छ । ८ महिनाको अवधिमा नेपालले ९२ लाख ४५ हजार ९ सय ६९ प्याकेट तास अर्थात ९ करोड ८८ लाख ३१ हजार नेपाली रुपैयाँ बराबरको तास चीनबाट आयात गरेको छ । ६ राष्ट्रहरुमध्ये सवैभन्दा थोरै तास ताइवानबाट आयात भएको देखिन्छ । १ हजार प्याकेट अर्थात नेपाली रुपैयाँ ५४ हजारको तास ताइवानबाट आयात भएको देखिन्छ । यसैगरी हंगकंगबाट २ हजार ६ सय ४ प्याकेट तास २ लाख ५२ हजार मूल्यमा नेपालले आयात गरेको छ । चीन पछि नेपालबाट तास आयातको लागि मलेसियामा सबै भन्दा धेरै रकम गएको देखिएको छ  । मलेशियाबाट नेपालले ४३ हजार २ सय प्याकेट तास ३५ लाख १९ हजार रुपैयाँमा आयात गरेको छ । यसैगरी नेपालले अमेरिकावाट ३२ लाख ९३ हजार रुपैयाँ बराबरको ९६ हजार ९ सय १२ प्याकेट तास  आयात गरेको नेपाल भन्सार विभागको तथ्यांकले देखाएको छ । तास आयातको लागि नेपालले ३० लाख ९९ हजार नेपाली रुपैयाँ भारत पठाएको छ  । भारतबाट ८ महिनाको अवधिमा नेपालले ५५ हजार ३ सय ३४ प्याकेट तास आयात गरेको छ । 

८ महिनाको अवधिमा थोरै संख्यामा तर उच्च रकममा हंगकंगबाट  तास आयात भएको देखिन्छ । हंगकंगबाट आयात हुने तासमा प्रति प्याकेटको मूल्य दर औसतमा ९६ रुपैयाँ ७७ पैसा रहेको देखिन्छ । मलेसियाबाट आयात हुने प्रति प्याकेट मूल्य दर भने औसतमा ८१ रुपैयाँ ४५ पैसाको हाराहारीमा रहेको छ । यसैगरी छिमेकि मुलुक भारतबाट नेपाल सरकारले प्रति प्याकेट तासको औसतमा ५६ रुपैयाँ ३१ पैसा मूल्यमा आयात गरेको छ । ताइवानी तास प्रति प्याकेट औसतमा ५४ रुपैयाँ पर्ने देखिएको छ भने संयुक्त राज्य अमेरिकाबाट आयात हुने तास प्रति प्याकेट औसतमा ३३ रुपैयाँ ७७ पैसा पर्ने देखिएको छ । चालु आर्थिक बर्षको साउनदेखि फागुनसम्ममा ठुलो संख्यामा छिमेकि मुलुक चीनबाट तास आयात गरिएको छ। अरु देशको तुलनामा चिनियाँ तास निकै सस्तोमा आयात भएको पाइएको छ । नेपालले प्रति प्याकेट औसतमा १० रुपैयाँ ६८ पैसामा चिनियाँ तास आयात गरेको नेपाल भन्सार विभागको तथ्यांकले देखाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved