ओलीलाई मोदीले भने आदरणीय मेरा भाइ साव 'कोलि' जी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 01:55:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्ने क्रममा 'चिप्लिएका' छन। रामायण सर्किटको उद्घाटनको क्रममा जानकी मन्दिर परिसरमा मन्तब्य राख्ने क्रममा मोदीले तीन पटकसम्म ओलीलाई 'कोलि' भन्दै सम्बोधन गरे। 

आफुलाई नेपालका प्रधानमन्त्री जनकपुरमै स्वागत गर्न आएकोमा खुसि व्यक्त गर्दै मोदीले भने,‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली (ओली) मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुसी छु’, मोदीले भने, ‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर भएको छु ।’

मोदीले ५ मिनेट लामो भाषण गरिरहँदा नेपालका प्रधानमन्त्रीको नाम थरमा अलमल रहेको उनको भाषणका क्रममा थाहा हुन्थ्यो । ओली, नेपाल सरकार, राज्य सरकार र नगर सरकारको प्रशंसामा शब्द खर्चिरहँदा मोदीले ओलीलाई ‘कोली’ शब्द पटक पटक दोहोर्‍याए । 

तीन पटकसम्म नेपालका प्रधानमन्त्री ओलीलाई 'कोलि' भन्दै सम्बोधन गरेका मोदी भाषणको क्रममा धेरै पटक चिप्लिएका छन। मोदी भाषणको क्रममा अलमल रहेको उनको भाषणको क्रममा स्पष्ट देखिएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved