जानकी मन्दिरको आगन्तुक पुस्तिकामा भावुक भए मोदी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 02:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो बर्षौं पहिलेदेखिको भित्रि इच्छा पुरा भएको धारणा व्यक्त गरेका छन। जानकी मन्दिरमा विशेष पूजा सकिएपछी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले जनकपुरधाम यात्रा गर्ने पुरानो इच्छा पुरा भएको बताएका छन।   

आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा उनका लागि स्मरणीय अनुभव भएको बताएका छन् ।

उनले आगन्तुक पुस्तिकामा  लेखेका छन्:- "जनकपुरधामको यात्रा गर्ने मेरो पुरानो इच्छा थियो | भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा मेरो लागि स्मरणीय अनुभव हो |

आज यहाँ मेरो हृदयस्पर्शले भरिएको स्वागतको लागि म नेपाल सरकार र जनकपुरका जनतामा आभारी छु | जनकपुरवासि र नेपालका सबै जनताको जीवनमा शान्ति, प्रगति र समृद्धिको लागि म भारतको जनताको तर्फबाट हार्दिक शुभकामना प्रतक गर्दछु |"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved