मोदी जनकपुर आएकै बेला जनकपुरलाई भारतमा गाभ्न भारतीय सांसदको माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 02:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादास्पद अभिव्यक्तिले चर्चामा रहँदै आएका भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधामको बिषयमा विवादास्पद प्रतिक्रिया दिएका छन। भारतीय जनता पार्टीबाट निष्काशित गरिएका आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन। 

भारतीय प्रधानमन्त्री मोदी जनकपुरधाम भ्रमणमा रहेकै समयमा लोकसभाका सांसद आजादले जनकपुरधाम भारतको भुमि भएको भन्दै फिर्ता लिन मोदीलाई आग्रह गरेका छन। पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा समेत रहेका पुर्व क्रिकेटर आजादले जनकपुरधामलाई भारतमा गाभेर सिता को सम्मान गर्दै मिथिला राज्य गठन गर्न भारती प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई अनुरोध गरेका छन। 

ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा तपाईलाई स्वागत छ, दुई सय साल पहिले अंग्रेज र नेपालबीचमा भएको सन्धि जसमा मिथिलाको भाग नेपाललाई दिईएको थियो, समाप्त भएको छ। अनुरोध छ, मिथिलाको यस भागलाई फिर्ता लिएर सीता आमाको आदर गर्दै मिथिला राज्य गठन होस'    

आजादको ट्वीट पछि सामाजिक संजालमा नेपाल र भारतीयबीच जनकपुरधामबारे बहस सुरु भएको छ। आजादको विवादास्पद ट्वीटमा नेपालीहरुले आक्रोश पोखेका छन। विवादास्पद छविका आजादलाई यस अघि २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको आरोप लगाएपछि पार्टीबाट निष्काशन गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved