९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको भारतीय र नेपाली प्रधानमन्त्रीद्वारा शिलान्यास (भिडियो )

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 08:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभामा बन्ने ९ सय मेगावाटको राष्ट्रिय गौरबको परियोजना अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यास भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा काठमाडाैंबाटै स्विच अन गरेर आयोजना शिलान्यास गरेका हुन।

दुई प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा शिलान्यास भएसंगै २०४२ साल देखि निमार्ण चर्चा चलेपनि राजनीति बिबादका कारण अगाडी बढ्न नसकेको अरुण तेस्रो जलविद्युत परियोजना अब अगाडी बढ्ने अपेक्षा गरिएको छ।  लामो समयदेखि रोकिएको यस आयोजनाले गति लिने भएपछि संखुवासभाबासीमा खुसीयाली समेत छाएको छ। 

लगानी बोर्ड र सतलजबीच ९ मंसिर ०७१ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । निर्माण कम्पनी सतलजले अबको पाँच वर्षमा विद्युत् उत्पादन सुरु गर्नेछ। आयोजनाले करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा प्रभावित क्षेत्रका स्थानीयलाई बाँडिसकेको छ। दुई सय ६५ परिवारको घर तथा जग्गा अधिग्रहण गरेको आयोजनाले जनाएको छ। आयोजनाबाट नेपालले २५ वर्षमा कुल तीन खर्ब ६२ अर्ब रुपैयाँ प्राप्त गर्नेछ। जसमध्ये रोयल्टीबापत एक खर्ब १६ अर्ब र आयकर बापत ८० अर्ब पाउनेछ। नेपालले एक खर्ब ६६ अर्ब बराबरको निःशुल्क विद्युत् पनि पाउनेछ।

स्थानीयलाई ३० युनिट र नेपाललाई आयोजनाले उत्पादनको २१ दशमलव नौ प्रतिशत अर्थात् पूर्ण क्षमतामा उत्पादन भए एक सय ९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क दिनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved