ओली‍‍-मोदीको संयुक्त पत्रकार सम्मेलनमा उठ्याे प्रतिबन्धित भारु नोट सटहीका कुरा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 12, 2018 | 10:33:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले प्रतिबन्धित नोट साट्ने/नसाट्ने बारे ठोस निर्णय नदिँदा नोट सटही गर्ने बारे अन्यौल झनै बढेको छ। नेपालको दुईदिने भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रतिबन्धित भारु साट्ने प्रस्ताबमा मोदी मौन रहेपछि नोट सटहीको अन्यौलता झनै बढेको छ। 

दुई प्रधानमन्त्रीबीचको संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम पुर्व नेपाल र भारतकाे प्रतिनिधिमण्डलस्तरीय वार्तामा समेत प्रतिबन्धित भारु ५०० र हजार दरका नोट सटही गर्ने कुरा उठान भएको थियो। तर यस बिषयमा भारतले ठोस निर्णय दिन सकेको छैन। जस कारण संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री ओलीको प्रतिबन्धित नोट सटहीको प्रस्ताबमा मोदीले कुनै जवाफ दिएनन।  

प्रधानमन्त्री ओलीको गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणमा पनि नै नोटबन्दीको विषय उठाउने बताएपनि सो समय यस विषयले प्रवेश पाएको थिएन।  

भारतले पाँच सय र एक हजार दरका नोटमा  प्रतिबन्ध लगाएको डेढ बर्ष भन्दा लामो समय बितिसक्दा समेत अझै सटहीबारे ठोस निर्णय नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले प्रतिबन्धित नोट सटहीबारे भारतमै गएर छलफल गरे पनि भारतीय पक्षले प्रतिबन्धित नोट साटिदिने आश्वासन मात्र दिएको बताए। उनका अनुसार प्रतिबन्धित नोट कहिले र कसरी सटही गर्ने बारे कुनै आधिकारिक जानकारी नहुँदा अन्यौल झनै बढ्दै गएको छ। 

भारतीय नोटमा लागेको प्रतिबन्धले सीमावर्ती क्षेत्रका नेपाली नागरिक बढी प्रभावित भएका छन् । सामान्य घर खर्चदेखि लिएर उपचार सेवा समेत प्रभावित हुने गरेको उनीहरुले बताएका छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved