पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 13, 2018 | 11:43:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्न सक्ने देखिएको छ । नेपालले हाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले हरेक १५-१५ दिनमा नेपाललाई नयाँ मूल्य सुची पठाउने गरेको छ । सोहि सुची अनुसार नेपालले स्वचालित मूल्य प्रणाली अन्तर्गत मूल्य निर्धारण गर्ने गरेको छ ।

भारतको कर्नाटक राज्यमा चलेको चुनाव सकिए संगै अबको १-२ दिन मै भारतमा पेट्रोलियम पदार्थ बढ्ने भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारतीय अर्थतन्त्रको बिषयमा समाचार प्रकाशन गर्ने बिजनेश टुडेले भारतमा अप्रिल २४ देखि मूल्य समायोजन नभएको उल्लेख गरेको छ । चुनावको लागि मूल्य समायोजन नभएको र अब चुनाव सकिएलगत्तै मूल्य बढ्ने समाचारमा उल्लेख छ ।

लामो समय मूल्य समायोजन नभएकोले यस पटक डेढ रुपियाँदेखि ४ रुपियाँसम्म मूल्य बढ्न सक्ने समाचारहरु बाहिर आएका छन् ।

भारतमा मूल्य बढेसंगै नेपालमा पनि मूल्य बढ्ने निश्चित छ । नेपालमा पछिल्लो पटक बैशाख १९ गते मूल्य समायोजन भएको थियो । मूल्य समायोजन गर्दै निगमले भारतबाट बढेर आएको मूल्य धेरै भएको र कच्चा तेलको मूल्य तथा डलरको सटहि दरमा समेत बढोत्तरी भएको स्मरण गराएको थियो ।

हाल निगमलाई पेट्रोलमा प्रति लिटर १ रुपैया ९० पैसा नाफा छ भने डिजेलमा प्रति लिटर १ रुपैयाँ २२ पैसा घाटा छ । साथै हाल नेपालमा डिजेल र पेट्रोलको मूल्य भारतको भन्दा सस्तो छ । निगमका अनुसार रक्सौल सिमामा नेपालतर्फ पेट्रोल प्रति लिटर २१ रुपैयाँ र डिजेल २४ रुपैया सस्तो छ ।

नेपालतर्फ भारत भन्दा मूल्य सत्सो भएको र भारतीय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढ्ने निश्चित जस्तै भएको हो । भारतले १५ तारिखमा नयाँ मूल्य पठाएपछि त्यसको केहि दिनमा अर्थात जेठको पहिलो साता नेपालमा मूल्य बढ्न सक्ने देखिन्छ । 

हाल नेपालमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय ८ तथा डिजेलको खुद्रा मूल्य प्रति लिटर ९० रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved