३० वर्ष पुरानो गण्डकी जहाज बिक्री गर्दै नेपाल एयरलाइन्स

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 12:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले ३० वर्ष पुरानो जहाज बिक्री गर्ने भएको छ । व्यावसयिक उडान गर्न अनुपयुक्त रहेको भन्दै एयरलाइन्सले गण्डकी नामको बोइङ बिक्री गर्न लागेको जनाएको छ । 

निगमले २०४५ मा किनेको उक्त जहाजको मूल्यांकन गर्न २१ दिने टेण्डर प्रकाशित गरी परामर्शदाता खोज्न सुरु गरेको छ । परामर्शदाता नियुक्त भएपछि दाताले दिएको मूल्यमा आधारमा ४५ दिने टेन्डर निकालेर जहाज विक्रि गरिने एयरलाइन्सका सहायक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए । यसभन्दा अगाडि पनि एयरलाइन्सले कर्णाली नामको बोइङ १५ करोडमा बिक्री गरिसकेको छ । नेपाली दर्ता नम्बर ‘९एन–एसीबी’ रहेको उक्त जहाजको निर्माण भएको २९ वर्ष ८ महिना भएको छ । यो जहाज २०७५ को अन्त्यसम्म नेपाल एयरलाइन्सले नै चलाउने र त्यसपछि बिक्री गरिसक्नेगरी काम अगाडि बढाइएको एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । 

योसँगै एयरलाइन्सले अब एयरबसमात्र चलाउने भएको छ । बोइङ  बेचेसँगै एयरलाइन्सले साउनभित्रै दुइ एयरबस वाइडबडी जहाज ल्याउँदै छ भने बाँकी २ न्यारोबडी जहाज खरिदको प्रक्रिया पनि तत्काल अगाडि बढाउने एयरलाइन्ले बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved