सांसद लामिछानेको निधन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 01:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । सांसद लामिछानेको मस्तिष्कघातका कारण आज दिउँसो १ बजे निधन भएको हो । मस्तिष्कघात भइ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत लामिछानेको सोमबार दिउँसो १ बजे निधन भएको हो । 

चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएपछिे मष्तिस्कघात भएको थियो । हिजो लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उनको अवस्था बुझेका थिए । 

उनी नेकपा (एमाले) को तर्फबाट भक्तपुरको प्रतिनिधि सभा क्षेत्र नं १ अन्तगर्तको प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ५१ बर्षीय लामिछानेका श्रीमती, एक छोरा र तीन छोरी छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved