मोदी भ्रमणले फस्टाउँला त नेपालको पर्यटन उद्योग ? यसो भन्छन् व्यवसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 05:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धार्मिक सम्पदाका हिसाबमा धनीे मूलुक हो । हामीले हाम्रा धार्मिक सम्पदाहरु मार्फत पर्यटन व्यबसायमा ठूलो छलाङ मार्न सक्छौँ । व्यबस्थित बजार, होटल तथा रेस्टुरेन्ट, होमस्टे लगायतका पूर्वाधारको उचित प्रवद्धन गर्न सकियो भने नेपालमा पर्यटन उद्योग फस्टाउनेमा कसैको शङ्का छैन । यसका लागी देखिने चुनौतीको भने सामना गर्नैपर्छ । 

२०७० सालपछिका वर्षहरुमा विस्तारै फस्टाउँदै गएको पर्यटन उद्योगमा २०७२ सालको भूकम्पले ठूलो क्षति ल्यायो । त्यसपछिका वर्षहरुमा पहिलेकै तुलनामा फर्किन लामो समय लाग्यो । अहिले पनि पर्यटन उद्योग पूर्ववत अबस्थामा फर्किसकेको छैन । त्यतिखेर भत्किएका संरचना अहिलेसम्म बन्न सकेका छैनन्, जसले दैनिक सयौँ पर्यटन भित्र्याएका थिए । धराहरा, काष्ठमण्डप, रानी पोखरी लगायतका सम्पदा पुननिर्माणको चर्चा चलेको वर्षौ भईसक्दापनि काम सुरु भएको छैन । सरकार र जिम्मेवार निकायको ढिलासुस्तिले गर्दा पर्यटन व्यबसाय सोचेजस्तो रुपमा फस्टाउन सकेको छैन । नेपालका संरचानामा विदेशी कुटनितीक नियोगहरुले कहिलेकाही दिने विवादास्पद टिप्पणीले पनि प्रभाव पर्यटनमा प्रभाव पारेको छ । 

मोदी भ्रमणले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव

भर्खरै भारतका प्रधानमन्त्री नरेन्द्रदास मोदीले नेपालस्थित जनकपूरको जानकी मन्दिर, काठमाडौँको पशुपतिनाथ र मुस्ताङको मुक्तिनाथ दर्शन भ्रमण गरे । यसबाट नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिईएको छ । मोदीले सामाजिक सञ्जाल टुईटरमा नेपालका धार्मिक सम्पदा भ्रमणको विषयमा उल्लेख गरेका छन् । छिमेकी देशको प्रधानमन्त्रीले नेपालका धार्मिक सम्पदा घुम्नुले हाम्रो धार्मिक पर्यटनको सम्भावना प्रवल देखाएको छ । 

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सहसचिव एवं पर्यटन व्यबसायी लक्ष्यमण प्रसाद बराल भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने बताउँछन् । उनि भन्छन, “सबैभन्दा धेरै धार्मिक पर्यटन आउने देश भारत भएकाले भारतीय प्रधानमन्त्रीको भ्रमण पर्यटकीय हिसाबमा निकै उपलब्धि मूलक हुनेछ भन्ने विश्वास छ । सञ्चार माध्यमले जनकपूर, पशुपति नाथ, मुक्तिनाथ जहाँ जहाँ मोदी जि जानुभयो, त्यस क्षेत्रलाई जस्ताको त्यस्तै छर्लङ्ग देखाएका छन् । अब भारत सहित विभिन्न देशका नागरिकले जनकपूर, मुक्तिनाथ, पशुपतिनाथ घुम्नु पर्ने रहेछ, दर्शन गर्नुपर्ने रहेछ भन्ने थाहा पाए नि, अब धार्मिक पर्यटनको संख्या बढ्छ भन्नेमा हामी विश्वस्त छौँ ।” उनले भने, “निकै सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावमा पर्यटन क्षेत्र सोचेजसरी अगाडी बढ्न सकेको छैन । पर्यटकीय गन्तव्यमा सुविधायुक्त होटल खुलेपनि गन्तव्यसम्म पुग्ने सडक छैन । पर्यटन व्यबसाय फस्टाउनासाथ होटल व्यबसाय आफैँ फस्टाउँछ ।” 

नेपालका पर्यटकीय क्षेत्रका बारेमा भएका टिप्पणी 

गत मार्च १६ मा काठमाडौंस्थित अमेरिकी दूतावासले एकाएक ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई चन्द्रागिरी हिल्स केवलकार असुरक्षित रहेको भन्दै त्यस क्षेत्रको भ्रमण नगर्न भनेको थियो । तर त्यस लगत्तै काठमाडौंस्थित फ्रान्सेली दूतावासले नेपाल विदेशी पर्यटकहरुका लागि खतरामुक्त रहेको बताएको थियोे । नेपालको कुनैपनि भु–भाग असुरक्षित नरहेको भन्दै फ्रान्सेली दूतावासले नेपालको सबै क्षेत्र घुम्न आग्रह गरेको छ । 

केही समयअघि अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. साच्सले चन्द्रागिरि हिल्स विश्वकै लागि राम्रो पर्यटकीय गन्तव्य भएको बताएका थिए । उनले चन्द्रागिरी भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना व्यक्त गर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको बताएका थिए । 

पर्यटन उद्योगको अहिलेको अबस्थाबारे के भन्छ पर्यटन विभाग ?

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले यस वर्ष १० हजार पर्यटक भित्र्याउने कुरा गरिरहँदा मन्त्रालय अन्तर्गतकै पर्यटन विभाग भने स्थानीय निकायको चुनावपछि विभागमा न्यून बजेट आएकोले सोचेजस्तो काम गर्न नसकिएको बताउँछ । विभागका प्रवक्ता रामप्रसाद सापकोटा विभागले पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने भएपनि बजेट नभएको बताउँछन । “विभागले पूर्वाधार, होटल तथा सामान्य पर्यटन प्रवद्र्धनका काम गर्ने हो । ट्रेकिङ ट्रेलमा लगानी गर्ने, भ्यू टावर (View Tour) बनाउने लगायतका काम गर्दै आएको थियो तर चालु आर्थिक वर्षबाट स्थानीय निकायमा बजेट गएको कारणले विभागमा न्यून बजेट छ । त्यसकारण गतवर्षहरुको तुलनामा यसवर्ष यी कामहरु कम हुँदै गएका छन् तर पनि नेपाल आउने पर्यटन बढिरहेकै छ” उनले भने । शान्ति प्रक्रियापछि विस्तारै बढेको पर्यटन क्षेत्र चुनावपछि अझ बढेको बताउँछन । “निजी क्षेत्रले पर्यटकका लागी सुविधायुक्त होटलमा लगानी गरिहरहेकै छ, नेपाल आउने पर्यटकलाई उनीहरुको चाहाना अनुसार खाने बस्ने व्यबस्था सहितको प्रवन्ध गर्न हाम्रा होटलहरु सक्षम छन्” उनको भनाई । 

पर्यटकको संख्या बढाउन के गर्दैछ पर्यटन बोर्ड ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले अन्तराष्ट्रिय जगतमा नेपालको राम्रो प्रचार भएकाले पर्यटकको संख्या बढ्नेमा पर्यटन बोर्ड विश्वस्त छ । पर्यटन उद्योग भनेको कोही कसैले अनुबन्धित गरेपछि फस्टाउने उद्योग हो भन्छन् पर्यटन बोर्डका निर्देशक आदित्य बराल । “बोर्ड प्रवद्र्धनात्मक संस्था भएकाले CNN, BBC लगायतका सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लागिरहेका छौँ, विदेशी नियोग, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) लगायतसँग पनि सहकार्य गरिराखेका छौँ” उनले भने । “पर्यटन मन्त्रालयको योजनालाई सफल बनाउने र माननीय मन्त्रीले दिएका निर्देशन अनुसार काम गरेर पर्यटन विभाग, मन्त्रालय र निजी क्षेत्रसँगको समन्वयमा काम गर्दै आएका छौँ” बरालले भने । 

अहिले धेरै पर्यटक चाईनाबाट आईरहेका छन् । धेरै पर्यटक आउने मूलुकको दास्रो नम्बरमा भारत रहेको छ । त्यसपछि क्रमशः अमेरिका, बेलायत र फ्रान्सबाट उल्लेख्य संख्यामा पर्यटक आईरहेका छन् । भएका धार्मिक तथा सांस्कृतिक महत्वका ऐतिहासिक सम्पदाको नव निर्माण एवं पुन निर्माण गरि धार्मिक पर्यटकको संख्या बढाउन सके मन्त्री अधिकारीले भनेजस्तै पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्डका रुपमा अभिन सक्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved