तरकारीमा रहेको सिण्डिकेट तोड्छु : मन्त्री खनाल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 05:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी गरेका छन् । ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ’ उनले भने । 

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनको भनाई छ । उनले भने, ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’ मन्त्री खनालले भारतसँग नेपालको राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास व्यक्त गरे । उनले भारतमा जस्तो कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा नभएको भन्दै आफू भारत भ्रमणमा जाने र कृषि सम्बन्धी कार्यक्रमहरु अघि बढाउने बताए 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved