मकालु एयरको सम्पर्कबिहिन जहाज भेटियो, बगरमा आपतकालीन अवतरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 08:24:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मकालु एयरको सम्पर्कबिहिन जहाज भेटिएको छ । सम्पर्कविहीन जहाजले केहीबेरअघि बाजुराको हिला नदीको बगरमा आपतकालीन अवतरण गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगरबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन जेयु जहाज बेपत्ता भएको थियो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्कविहीन भएको थियो। ६ बजेर ५५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्ने सेड्युल थियो।  

२ घण्टासम्म सम्पर्क बिहिन भएको जहाजले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको हो ।  कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए । चालक दलका दुवै सदस्य सकुशल रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved