विमानस्थलले दिएको गलत सूचना, जहाज अझै सम्पर्कबिहिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 09:24:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मकालु एयरको सम्पर्कबिहिन जहाज भेटिएको समाचार गलत भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

सुर्खेतको वीरेन्द्रनगरबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन जेयु जहाज बेपत्ता भएको थियो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्कविहीन भएको थियो। ६ बजेर ५५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्ने सेड्युल थियो।

२ घण्टासम्म सम्पर्क बिहिन भएको जहाजले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थलले जनाएको थियो ।  तर विमानस्थलले नै त्यहाँ जहाज नभेटिएको, यस अघि गलत सूचना आएको र जहाज अझै सम्पर्क बिहिन रहेको बताएको छ ।  कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved