देशकै ठुलो जलबिद्युत आयोजनाको उत्पादन मात्र ६८ मेगाबाट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 16, 2018 | 12:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठुलो जलबिद्युत आयोजना कालिगण्डकी “ए” जल विद्युत केन्द«मा बिद्युतको उत्पादन ओराले लाग्ने गरेको छ ।  यहाँका ३ वटा टर्बाइन बाट उत्पादन हुने बिद्युत्को क्षमता प्रति टर्बाइन ४८ मेगाबाट हो । यस आयोजनामा १४४ मेगावाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको छ ।

यहाँको  जल विद्युत केन्द« भित्रका २ वटा टर्बाइनमात्र चालु हुने गर्दछन् । ४८ मेगाबाटको क्षमता रहेको  प्रति टर्बाइनबाट ३४ देखि ३५ मेगाबाट बिद्युतमात्र उत्पादन हुने गरेको छ । यहाँको युनिट १ र ३ का टर्बाइनबाट मात्र बिद्युत उत्पादन हुदाँ क्षमता अनुसारको बितरण गर्न सकिएको छैन । यहाँका सबै टर्बाइन नचल्दा ६८—७० मेगाबाटमात्र बिद्युत उत्पादन हुने गरेको छ । युनिट २ मा रहेको टर्बाइन चलाउन सकिएको छैन । एउटा टर्बाइन नचल्दा मर्मत सभांर गर्न भने सहज हुने गरेको छ । अत्याधिक बालुवाका कणहरुको मिश्रण कालिगण्डीमा बग्ने भएकाले टर्बाइन बेला बेलामा बिग्रिने र माटोको लेदोले  समस्या पार्ने गरेको प्राबिधीकको भनाइ छ ।  

बर्षामा पानिको बहाब उच्च रहेको बेला क्षमताको मापन गरिने हुदाँ क्षमता र उत्पादनमा फरक आउने गरेको हो । पानिको बहाब हिउंदको समयमा घट्दा बिद्युत उदपादनको क्षमता घटने गरेको यहाँका प्राबिधीकको भनाइ छ । यहांको ३ बटै टर्बाइन चलाउन १४१ मि३ . प्रति सेकेण्ड पानिको बहाब आबाश्यक पर्दछ । कालिगण्डकीमा पानिको बहाब ६२ देखि ६३ मि३ . प्रति सेकेण्ड रहेको छ । पानिको बहाब आबाश्यक्ता भन्दा अत्याधिक न्यून रहेकोले उत्पादन पनि घट्ने गरेको छ । 

कालिगण्डकी जलबिद्युत आयोजना  देशकै सबैभन्दा उच्च उत्पादन क्षमता रहेको बिद्युत गृह हो । यस गृहको १४४ मेगाबाट क्षमता रहेको छ । तर उत्पादन भने ६८—७० मेगाबाटमात्र  हुने गर्दछ । प्रती टर्बाइनको क्षमता ४८ मेगाबाट रहेको भएपनि  २ बटा टर्बाइनमात्र प्रयोग हुने गर्दछन् ।प्रति टर्बाइनबाट ३४ —३५ मेगाबाटमात्र उत्पादन हुने गरेको छ ।

कम लोड भएको समयमा पानिको रिजर्भ गर्ने र पिक आओरमा क्षमता बृद्धि गर्न सकिने प्राबिधीकहरु बताउंछन् । यदि पानिको बहाब रिजर्भ नगर्ने र लगातार २४ घण्टा बिद्युत उत्पादन र बितरण गर्ने हो भने यहाँबाट जम्मा ६४ मेगाबाट मात्र बितरण गर्न सकिने प्राबिधीक  चुडामणी गौडेंलले बताए । यहाँबाट उत्पादन भएको बिद्युत लेखनाथ र बुटवलको राष्ट्रिय प्रशारणमा जोडिएको छ । बर्षाको समयमा पानिको स्रोत बढ्दा मात्र यहाँको उत्पादन क्षमता अनुसार १४४ मेगाबाट देखिन्छ । बांकी असार , श्रावण र भदौका महिनाबाट उत्पादन र बितरण ओरालो लाग्ने गरेको छ ।

कालिगण्डकीका नन्दराम न्यौपाने भन्छन् ,  “ उत्पादन धेरै देखिने लोडसेडिङको चपेटामा पर्ने गरेका जनता लोडसेडिङको समस्याबाट मुत्त हुने कहिले हो कुन्नि ? ” ।   

मुत्तिनाथ देखि हिमालको पानि आउने यस नदिका अन्य सहाएक खोला नदी , मुल तथा पानिको स्रोतमा आएको नकरात्मक परिबर्तनमा हामि सबैको चासो हुनुपर्ने देखिन्छ । पानिको बहाब ,स्रोतको संरक्षण गर्नुपर्ने अभियानमा सरोकारवालाहरुको नजर जानुपर्दछ । जलबायु परिबर्तन , अनियन्त्रित रुख कटान र बिक्षारोपणको प्रभाबकारी कार्याेन्वयन हुन जरुरी छ । 




 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved