BREAKING: बिहिबार एमाले-माओबादी पार्टी एकता घोषणा, यस्तो भयो सहमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 07:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकताको घोषणा हुने भएको छ । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर पार्टी एकता घोषणा गर्ने दुवै दलले तयारी गरेका हुन्। २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।

बिहिबार ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको स्रोतले जनाएको छ । 

सहमति अनुसार एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने  छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै स्थायी कमिटीमा ४३ जना हुनेछन् । ४३ जना मध्ये एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी  भएको छ। 

बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ ।

बुधबार विहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलमा यी सहमति जुटेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved