बुधबारको मूल्यवृद्धिपछि डिजेल र पेट्रोल ४० महिना यता कै महँगो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 08:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यसअघि पेट्रोल १०८ र डिजेल र मट्टितेल ९० रुपैयाँ प्रतिलिटर रहेको थियो । 

आजको मूल्य वृद्धिपछि पेट्रोल ४० महिना तथा डिजेल ४२ महिनायता कै उच्च बिन्दुमा पुगेको छ  ।  

पछिल्लो समय २०७१ फागुन २२ गते पेट्रोलको मूल्य ११० पुगेको थियो भने २०७१ पुस ४ गते डिजेलको मूल्य ९२ रुपैया पुगेको थियो । त्यस पछि पेट्रोलको मूल्य ११० र डिजेलको मूल्य ९२ रुपैया पुगेको यो नै पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved