20 May, 2018 | ६ जेठ २०७५ | आइतवार






Bizpati Reporter

Follow us on

एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता

Posted on:May 17, 2018

citizen bank

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुदै छ । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर पार्टी एकता घोषणा गर्ने दुवै दलले तयारी गरेका हुन्। २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।

बिहिबार दुवै पार्टीका शिर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । 

सहमति अनुसार एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने  छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै स्थायी कमिटीमा ४३ जना हुनेछन् । ४३ जना मध्ये एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी  भएको छ। 

बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ ।


Share your thoughts!

Loading...

Trending