बालुवाटारमा वृक्षारोपण गरेर एकता संयोजन समिति बैठक सुरु, यस्तो छ दिनभरको कार्यक्रम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 10:54:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक÷ एक वटा  जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा  रोपेका थिए । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । 

दुई दलबीच आज नै पार्टी एकता संयोजन समितीको बैठक बसेर एकता घोषणा गर्ने तयारी छ । बैठक बालुवाटारमा सुरु भएको छ  । एकता संयोजन समिति बैठकपछि एमालेको केन्द्रीय समिति बैठक बस्नेछ। त्यस्तै १ बजे माओवादी केन्द्रको सचिवालय बैठक तय भएको छ ।

त्यसपछि ३ बजे दुबै दलको संयुक्त बैठक बस्ने र  ४ बजे एकीकरणको निर्णयसहित निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी छ । ५ बजे एकिकृत पार्टीको तर्फबाट पत्रकार सम्मेलन गरी यसको जानकारी दिने तयारी छ  ।  

सहमति अनुसार एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने  छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै स्थायी कमिटीमा ४३ जना हुनेछन् । ४३ जना मध्ये एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी  भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved