एकता संयोजन समिति बैठक सम्पन्न, नयाँ पार्टी घोषणा अपरान्ह ४ बजे

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 12:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारमा बसेको नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समिति बैठक  सकिएको छ । बैठकले एकताका बिषयमा यसअघि दुई पार्टीले गरेको निर्णय अनुमोदन गरेको छ।  त्यस्तै  आजै अपरान्ह ४ बजे नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ । बैठकले एकतापछिको नयाँ पार्टीको पहिलो बैठक पनि आजै बस्ने निर्णय गरेको छ ।

 अब दुवै पार्टीको अन्तिम केन्द्रीय कमिटि बैठक बसेर एकता प्रक्रियालाई अनुमोदन गर्ने छ। त्यसपछि दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटि बैठक बस्ने  र  एकीकरणको निर्णयसहित निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी छ । ४ बजे एकिकृत पार्टीको तर्फबाट पत्रकार सम्मेलन गरी यसको जानकारी दिने तयारी छ  ।  

सहमति अनुसार एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने  छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै स्थायी कमिटीमा ४३ जना हुनेछन् । ४३ जना मध्ये एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी  भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved