एमाले र माओबादी बिघटन भएको घोषणा, यी हुन् नयाँ पार्टीका शक्तिशाली ९ सदस्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 03:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओबादी केन्द्र पार्टी बिघटन भएको छ । पार्टी एकीकरण गर्नु अघि दुवै दलको आ आफ्नो केन्द्रीय कमिटि बैठकले पार्टी बिघटनको निर्णय गरेको हो । 

बैठकले नयाँ बन्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीको  ९ सदस्यीय सचिवालय गठन गरेको छ  ।  पार्टीभित्र सबै भन्दा शक्तिशाली मानिने यस सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली , पुष्पकमल दाहाल ,माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ,  ईश्वर पोखरेल, रामबहादुर थापा र बिष्णु पौडेल छन्। पार्टीभित्र बरियता पनि यहि अनुसार हुनेछ 

नयाँ पार्टीको प्रबक्ता नारायणकाजी श्रेष्ठ रहने छन् भने बिष्णु पौडेल महासचिव रहने छन् ।

आज नै निर्वाचन आयोगमा एकिकृत पार्टी दर्ता गर्ने र सभा गृहमा पत्रकार सम्मलेन गरेर एकिकृत पार्टीको जानकारी दिने कार्यक्रम छ ।

नयाँ पार्टीको स्थायी समिति ४५ सदस्यीय हुने भएको छ। जसमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना छानिने भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved