नेकपाको हाईकमाण्डमा माओवादीलाई ३३ प्रतिशत

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 04:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार भएको पार्टी एकताको हाईकमाण्डमा ६६ र ३३ प्रतिशतको भागबण्डा मिलाईएको छ । यस अघि ६० र ४० को भागबण्डामा समेत असहमति जनाएको साविकको माओवादी केन्द्रले ९ सदस्यीय सचिवालयमा ३३ प्रतिशत हिस्सा पाएको छ । सचिवालयमा माओवादी केन्द्रले ३ जना मात्रै प्रतिनिधि पाएको छ । 

९ जनामध्ये साविकको एमालेबाट केपी शर्मा ओली, माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् । माओवदी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् । हाईकमाण्ड प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठ र महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved