नेपाली बजारमा भारतलाई प्रतिस्थापन गर्दै चीन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 04:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७४÷७५ को नौ महिनासम्ममा कुल वस्तु निर्यात ८.२ प्रतिशतले वृद्धि भई रु. ५९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले वृद्धि भएको थियो ।चालु आर्थिक बर्षको नौ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशन गर्दे राष्ट्र बैकले यस्तो तथ्यांक सार्बजनिक गरेको हो ।

 गन्तव्यका आधारमा भारततर्फ ६.९ प्रतिशत, चीनतर्फ ५८.९ प्रतिशत र अन्य मुलुकतर्फ ७.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा अलंैची, धागो, पोलिष्टर यार्न, अदुवा, तार, लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जि.आई पाईप, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात २०.६ प्रतिशतले बढेर रु. ८७६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २१.९ प्रतिशत, चीनबाट भएको आयात २२.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटईन क्वाईल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २१.७ प्रतिशतले विस्तार भई रु. ८१६ अर्ब ५५ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशत रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved