अर्थमन्त्री खतिवडा नेकपाको केन्द्रीय कमिटिमा, ३ नम्बर प्रदेशका अर्थमन्त्री पनि सुचीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 12:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.यूवराज खतिवडा नव गठित नेपाल कम्युनिष्ट पार्टी का केन्द्रीय कमिटीमा रहने भएका छन् । एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपाको केन्द्रिय कमिटिमा एमालेको तर्फबाट २ सय ४१ र माओबादीको तर्फबाट २०० सदस्य गरी कुल ४४१ जना रहने सहमति थियो 

एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । अब नेकपामा समायोजन हुँदा थप ४१ जना सदस्य थपिने भएका हुन् यसै अनुसार नेताहरुले सुची तयार गरिरहेका छन्  । थपिएका सदस्यको औपचारिक टुंगो लागि नसकेको भएपनि अर्थमन्त्री खतिवडा कमिटिमा पर्ने पक्का भएका हुन् 

त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल , तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली लगायत रहेका छन्   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved