एपेक्स बैंक घोटाला प्रकरणः यी हुन मुद्दा दायर गरिएका डेढ सय जना (सुचिसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 02:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा डेढ सय भन्दा धेरै बिरुद्द पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर बैशाख ३१ गते जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सोहि अनुसार पाटन अदालतमा मुद्दा दायर भएको हो । 

सीआईबीका अनुसार १४८ जना भन्द धेरैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो  । सीआईबिले ति १ सय ४८ जनाबाट ९६ करोड ७७ लाख बिगो माग गरेको छ  । 

१ सय ४८ जनामा बैंकका संचालक, कर्मचारी, ब्यबस्थापन समितिका सदस्य, संचालक समितिका सदस्य , ऋणी लगायत समाबेश भएकोले कतिपयको नाम पनि नखुलेको र केहिको ठेगाना खुलेको छैन । १ सय ४८ मध्ये २१ जना पक्राउ परेका छन् भने बाँकि फरार छन्  । 

 सीआईबीले एनसीसी बैंकबाट ल्याएको १ सय २८ फाइल मध्ये ८५ फाइलको मात्र काठमाडौँमा अनुसन्धान भएको थियो । बाँकि ३२ फाइलको इटहरीमा, ७ फाइलको शुखेतमा र १३ फाइलको अनुसन्धान नेपालगंजमा चलिरहेको छ । ति फाइलको अनुसन्धान सकेर सम्बन्धित जिल्ला मै मुद्दा दर्ता हुने छ  । 

के हो घोटाला ?

केहि समय अगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको थियो । सीआईबीले बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक जारी रहेको वेला छापा मारेको हो।  सीआईविले छापा मारी १३ जनालाई पक्राउ गरेको थियो । 

 एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेको थियो । तर एनसिसिमा २०७२ मङ्सिर  ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात  मर्जरको फाइदा उठाउदै तत्कालिन  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ। 

के लागेको छ आरोप ? 

कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।

कृतिम ऋणीहरु खडा गरिएको ।

निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।

ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।

मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।

धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।

कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।

कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।

सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।

एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।

सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।

अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । करिव २०० करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो । यही ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले सिआइबीलाई कारवाहीका लागि पठाएको थियो।

यी हुन मुद्दा दायर गरिएका डेढ सय जना 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved