मन्त्रीपरिषद् बैठक सकियो : नियुक्तिदेखि निर्माणसम्मका आधा दर्जन निर्णय (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 10:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुर्व पश्चिम राजमार्ग भन्दा पनि लामो राजमार्ग बनाउने निर्णय गरेको छ  । आइतबार बेलुका बसेको मन्त्रीपरिषदको बैठकले झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म करिब १२ सय किमी सडक बनाउने प्रस्ताव स्वीकृत गरेको हो  । सूचना तथा संचार राज्य मन्त्री तथा सरकारका प्रबक्ता गोकुल बास्कोटाले भौतिक तथा यातायात मन्त्रालयको उक्त प्रस्ताव पारित गरिएको बताए  । साथै उनले राजमार्गको नाम मदन भण्डारी राजमार्ग रहने जानकारी दिए  ।

त्यस्तै बैठकले सोमबार संसदमा पेश हुने नीति तथा कार्यक्रम सम्बन्धि प्रस्ताव पारित गरेको छ । बिमा संस्थानको प्रशासकमा कवी प्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सबै मन्त्रीहरुको सम्पती विवरण सार्बजनिक गर्ने निर्णय गरेको छ भने प्रदेश मन्त्रालयको कर्मचारी दरवन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिको म्याद थप गरेको छ । समितिले अब जेठ मसान्तसम्म समय पाएको छ ।


बैठकले प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतलाई अमेरिका नपठाउने निर्णय गरेको छ । राउतले एक मधेशी एनजिओको कार्यक्रममा भाग लिन जान स्वीकृति मागेका थिए 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved