सरकारले रोक्यो २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अमेरिका भ्रमण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 20, 2018 | 10:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारले प्रदेश दुई का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अमेरिका भ्रमणलाई 'अनुपयुक्त' भन्दै रोक्ने निर्णय गरेको छ। आइतबार साँझ अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि प्रदेश दुई को मन्त्रिपरिषदबाट आएको प्रस्ताबलाई अस्वीकृत गरेको हो।  

'जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका भन्ने एनजीओले एनजीओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतलाई भ्रमण पठाउन भनि २ नम्बर प्रदेश मन्त्रिपरिषदबाट आएको प्रस्ताब अहिले प्रदेश भित्रै आर्थिक बर्ष ०७५-०७६ को नीति बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्त्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ' सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले भने।   

त्यस्तै सरकारले ३३ किलो सुन प्रकरण सम्बन्धि चलिरहेको छानबिन तथा अनुसन्धान गर्न गठित बिशेष अनुसन्धान टोलिको म्याद २०७५ जेठ मसान्तसम्म थप्ने निर्णय गरेको छ। उक्त टोलिले ३३ किलो प्रकरण सम्बन्धि छानबिन तथा अनुसन्धान गरि कारबाही गर्नका लागि सरकारलाई सिफारिस गर्नेछ।   

साथै मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले भोलि ४ बजे सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने प्रस्ताब स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेशको कर्मचारी दरबन्दी स्वीकृत गर्ने सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोको प्रदेश मन्त्रालयको परिमार्जित संगठन संरचना सम्बन्धि प्रस्ताब स्वीकृत गरेको छ।

सरकारले मदन भण्डारी राजमार्ग निर्माण गर्ने प्रस्ताब पारित गरेको छ। चुरे तथा भित्रि मधेशको उपत्यका छुने मुख्य उदेश्यले झापाको शान्तिनगरदेखि धरान चतरा, गाईघाट कटारी, रामपुर, प्युठान, घोराही, तुलसीपुर, बीपीनगर, सहजपुर,  बुढोर, जोगबुढा र रुपालसम्म पुग्ने गरि करिब  १२०० किलोमिटरको राजमार्ग निर्माण गर्ने प्रस्ताब पारित गरेको हो। उक्त राजमार्गको नाम 'मदन भण्डारी राजमार्ग' नामकरण गर्ने प्रस्ताब समेत पारित भएको छ।   

त्यसैगरी राष्ट्रिय बीमा संस्थानको प्रशासक कविप्रसाद पाठक झापा नियुक्त गरिएको छ। सरकारले सबै मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved