कृषिको विकास भएमात्र नेपालको सम्बृद्धि सम्भव : मन्त्री बिश्वकर्मा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 07:50:56 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले नेपालको सम्बृद्धि तथा विकासका लागि आधारभूत रुपमा नै कृषिको विकास गर्नु पर्ने बताएका छन् । फोर एच नेपाल को आयोजनामा आइतबार बाट सुरु भएको दोस्रो रास्ट्रिय युवा कृषि उधम सम्मेलन २०७५ मा मन्त्री बिश्वकर्माले  युवा पलयान तथा स्वदेशमा रोजगारीका लागि कृषिलाइ आधार मानेर अघि बढ्नु पर्ने र सामुहिक रुपमा सबै हातेमालो गरेर उद्यमशीलतामा लाग्नु पर्ने बताएका हुन्  । सोही अवसरमा बोल्दै उनले युवा पलायन रोक्न नितिगत तहमै पहल गर्ने बताए ।  

युवा बर्गलाई कृषिमा दक्ष बनाउने उदेश्यका साथ फो एच नेपालले दोस्रो युवा कृषि उद्यम सम्मेलनको आयोजना गरेको हो ।   २ दिने सम्मलेनमा देशै भरका युवा कृषि उद्यमी, कृषिमा अध्ययन गर्दै गरेका विद्यार्थी तथा कृषि क्षेत्रका व्यक्तित्वहरु गरी २ सय जनाको सहभागिता रहेको छ ।

 सम्मलेनमा फो एच नेपालका अध्यक्ष लोकराज बस्तिले नेपालमा चल्देै आएको परम्परागत कृषि प्रणालिलाई आधुनिक कृषिमा परिवर्तन गर्न सकेमा मात्र कृषि उत्पादन बढाउन सकिने बताए। उनले यसको निमित्त युवाहरुलाई कृषिमा दक्ष बनाउन आवश्यक रहेकोमा जोड दिए । यस कार्यक्रमको माध्यमबाट युवाहरुलाई कृषि क्षेत्रमा ध्यानाकर्षण गर्ने उदेश्य संस्थाको रहेको उनले बताए  ।

नेपालको अधिकांस जनता कृषि पेशामा नै रहे पनि आवश्यता पूर्ति हुने सम्मको खाद्यान्न उत्पादन गर्न सक्षम नरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने 'नेपालको भौगोलिक वनावट र हावापानि अनुरुपको खेतिलाई ख्याल गर्दै सोहि अनुरुप कार्ययोजना बनाएर अघि बढ्न सकेमात्र कृषि क्षेत्रबाट लाभ लिन सकिन्छ । '  कृषिमा प्रशस्त सम्भावना बोकेको नेपालमा कृषि क्षेत्रलाई बैज्ञानिक तवरबाट अगाडी बढाउनु पर्नेमा उनले जोड दिए।

 वि स २०७३ असारमा पहिलो पल्ट कृषि उद्यम सम्मेलन कार्यक्र आयोजना गरेको थियो । उक्त कार्यक्रले युवा कृषक उद्यमीहरलाई प्रोत्साहन मिलेको हँुदा पुन सम्मेलनको आयोजना गरेको संस्थाका अध्यक्ष लोकराज वस्तिले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved