नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाबारे के आयो नयाँ कुरा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 04:19:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन मार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सोहि अनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

स्वास्थ्य सेवाबारे के छ नीति तथा कार्यक्रममा ? 

–प्रत्येक स्थानीय निकायमा न्यूनतम १५ शैयाको अस्पताल बनाईनेछ ।

–सय शैयाभन्दा बढी क्षमताका अस्पतालहरुमा जेष्ठ नागरिक वार्डको व्यबस्था गरिनेछ । 

–पाँच वर्षभित्र विशिष्ठतम् उपचारको लागी विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनेछ । 

–चिकित्सहरुले नागरिकप्रति गर्ने व्यबहारको लागी चिकित्सक आचारसंहिता निर्माण गरि लागू गरिनेछ । 

–स्वास्थ्य विमा कार्यक्रम व्यापक बनाईने छ । 

–स्वास्थ्य विमाको प्याकेजमा पुनरावलोक गरिने छ । 

–विदुषी योगमाया आयुर्वेद विश्व विद्यालय स्थापना गरिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved