सबै स्थानीय तहको सडक कालोपत्रे गरिने, राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवे बनाईने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 04:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सबै स्थानीय तहका केन्द्रदेखि जिल्लाको सदरमुकामसम्मको सडक कालोपत्रे गरिने भएको छ। संसदमा सरकारको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन । 

त्यस्तै सरकारले राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवे रुपमा विस्तार गर्ने भएको छ ।  सडक सुरक्षा सुनिश्चित गर्न सडकमा आवश्यक रेखांकन तथा सुरुगमार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अबको ५ वर्ष भित्र काठमाडौं निजगड फास्ट ट्याक, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक मार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने नीति कार्यक्रममा समेटिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved