८ घण्टे मानसिकताबाट माथि उठेर काम गर्न विमानस्थलका कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 21, 2018 | 04:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबदेखि २१ घण्टा खुल्ने भएको छ। एयर ट्राफिक कम गर्न भन्दै सरकारले आजदेखि त्रिभुवन विमानस्थललाई २१ घण्टा संचालनमा ल्याएको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थल आजदेखि २१ घण्टा संचालनमा आएको घोषणा गरेका हुन। २४ घण्टा नै विमानस्थललाई संचालनमा ल्याउने उदेश्य भएपनि अहिलेलाई तीन घण्टा थप गरेर २१ घण्टा मात्र संचालनमा ल्याउने व्यवस्था गरिएको मन्त्री अधिकारिले बताए। 

'चौबिसै घण्टा संचालनमा ल्याउने उदेश्यभएपनि अहिले ३ घण्टा थप गरेर विमानस्थललाई २१ घण्टा संचालनमा ल्याएका छौँ, विमानस्थलमा मात्र होइन देश नै चौबिसै घण्टा संचालन हुने अवस्था बनाउने उदेश्य हो, सबैले आ-आफ्नो क्षेत्रबाट यो अभियानलाई सहयोग गर्नुहोस' मन्त्री अधिकारीले भने।

८ घण्टा मात्र काम गर्ने मानसिकताबाट माथि उठेर सबैले सक्रिय रुपमा काम गर्नेहो भने अहिलेकै भौतिक तथा मानबस्रोतले विमानस्थलको व्यवस्थापनमा दुई गुणा बढी सुधार गर्न सकिने मन्त्री अधिकारिले बताए।

८ घन्टे मानसिकताका कारण नेपालको प्रतिष्ठासंग जोडिएको त्रिभुवन विमानस्थलको व्यवस्थापनमा कमजोरी भएको आरोप लगाउदै मन्त्रि अधिकारिले अन्तराष्ट्रिय विमानस्थललाई होल्डमा राख्ने छुट कसैलाई नभएको बताए। अन्तराष्ट्रिय विमानस्थल होल्ड हुने समस्यालाई न्यूनीकरण गर्नका लागि पनि विमानस्थल संचालनको अवधि १८ घण्टाबाट बढाएर २१ घण्टा पुर्याइएको मन्त्री अधिकारिको दाबि छ। 

ट्राफिक आवरमा भन्दा लेन आवरमा उडान भर्ने बिमान कम्पनिहरुलाई बिशेष छुट दिएर प्रोत्साहन गर्न समेत मन्त्रि अधिकारीले निर्देशन दिए। अहिलेकै अवस्थामा उडान भर्दा ट्राफिक व्यवस्थापनमा समस्या आउने हो भने नयाँ अनुमति बन्द गर्न समेत उनले निर्देशन दिएका छन।   

विहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म संचालन हुँदै आएको विमानस्थल अबदेखि विहान ३ बजेसम्म संचालन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। '७२ जना एयर ट्राफिक कन्ट्रोलरमार्फत् तीन सिफ्टमा काम भइरहेको छ, त्यसमध्येबाट अन्तिम सिफ्टलाई समय थप गरेर विमानस्थलको संचालन अवधि बढाउने तयारि छ' प्रवक्ता ठाकुरले भने।यसरी समय थप हुँदा अन्तिम सिफ्टमा काम गर्नेले सेवा र सुविधा पनि थप पाउनेछन।

यसअघि भ्रमण वर्ष २०११ मा २४ घण्टा विमानस्थल संचालन गर्ने भनिएपनि संचालन हुन सकेको थिएन। विमानस्थलमा क्षमताभन्दा बढी उडान अवतरण हुने भएपछि पछिल्लो समय एयर ट्राफिक जाम बढ्दै गएको थियो। अहिले त्रिभुवन विमानस्थलमा दैनिक ३० अन्तर्राष्ट्रिय बिमान र २० हेलिकप्टर उडान भर्छन।

सरकारले विमानस्थल २१ घण्टा संचालनमा ल्याएसंगै अति आवश्यक सेवा सुविधा समेत थप गरेको छ। आजै एक कार्यक्रमकाबीच मन्त्रि अधिकारिले आजदेखि संचालनमा ल्याइएको फाईर कमान्डो भेइकल को पनि उद्घाटन गरे। 

त्यस्तै यस अघि त्रिभुवन विमानस्थल आवत जावत गर्नका लागि गोल्डेन गेट मात्र प्रयोग हुँदै आएकोमा आजदेखि बैकल्पिक गेट समेत संचालनमा ल्याइएको छ। आजदेखि संचालनमा ल्याइएको एक्जिट गेट भविष्यमा ओन वे को रुपमा प्रयोग गरिने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved