नीति तथा कार्यक्रममा के छन् नयाँ कुरा ? हेर्नुस पूर्णपाठ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 05:10:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो  ।  सोहि अनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

नीति तथा कार्यक्रममा दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने, आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो विकासको लक्ष्य समय अगावै पूरा गर्ने , असमानता कम गर्ने, सबैलाई समान अवसर दिने   कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाईने उल्लेख छ  । 

त्यस्तै अर्थतन्त्रको संरचना परिवर्तन गरिने, पाँच बर्षभित्र बिप्रेषण र आयातमा आधारीत अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाइने , -गैर आवसीय नेपालीको पूँजी उपयोग गर्न उत्प्रेरीत गरिने, श्वेतपत्रले अर्थतन्त्र कठिन मोडमा रहेको देखाएकाले श्वेतपत्रले देखाएका समस्याको ठोस समाधान खोजिने , बित्तीय अनुशासनमा कडाई गरिने , पुंजीबजारको विस्तार गरिने , आन्तरिक लगानीलाई परिचालन गरी गतिशील बनाईने , वित्तीय क्षेत्रका नियामक निकायहरुको क्षमता अभिवृद्धि गरिने , नियमन निकायको सुपरिवेक्षणलाई प्रभावकारी बनाईने, सरकारी निजि तथा संगठित क्षेत्रबाट हुने भुक्तानी बैंक खाता बाट भुक्तानी गरिने लगायतका बिषय समेटिएका छन् ।

हेर्नुस पूर्ण पाठ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved