सार्वजनिक कार्यक्रममै पर्यटन मन्त्री र सचिवले हप्काएपछि अप्ठ्यारोमा विमानस्थलका कर्मचारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 21, 2018 | 08:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारी तथा सचिव कृष्ण देवकोटाले विमानस्थलका कर्मचारीहरुलाई सरकारले तोकेको काम गर्न निर्देशन दिएका छन। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन समय १८ घण्टाबाट बढेर २१ घण्टा पुर्याइएको अवसरमा विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तथा सचिवले कर्मचारीहरुलाई सरकारले तोकेको काम गर्दिन भन्ने छुट नभएको बताए। 

विमानस्थलका कर्मचारीहरुले एयर ट्राफिक कन्ट्रोलरहरुले केहि साता अगाडिमात्र पर्याप्त जनशक्ति नभएको, काम बढे अनुसारको प्रविधि तथा सेवा सुविधा पनि पर्याप्त नभएको भन्दै तत्काल विमानस्थलको सञ्चालन समय बढाउन नसकिने बताएका थिए। एटिसी संघलाई लक्षित गर्दै सचिब देबकोटाले सरकारले तोकेको काम गर्न नसक्ने र नचाहनेले राजिनामा दिएर जान निर्देशन दिए। 

'राज्य भन्दा कोहि पनि बलियो हुन सक्दैन' सचिब देबकोटाले एटीसी संघलाई लक्षित गर्दै भने, 'सरकारको नुन खाएपछी सरकारले भनेको मान्नुपर्छ, भनेको नमान्नेले जागिर छोडे हुन्छ, असहयोग गर्नेको कारण दुई दिन विमानस्थल बन्द होला तर तेस्रो दिन देखि विमानस्थल सुचारु हुन्छ, राज्यसँग जोरी खोजेर हुँदैन सरकारले दिएको जागिर खाने तर तोकेको जिम्मेवारी निभाउँदिन भन्ने अधिकार कसैसँग छैन।'

सचिब देबकोटाले सरकारले विमानस्थल सुधारको कामलाई तिब्र रुपमा अगाडी बढाएकाले सबैलाई सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे। सरकारले तोकेको काम नगर्नेलाई राजिनामा दिएर काम गर्नेलाई काम गर्न दिन समेत चेतावनी दिए।

सचिब देबकोटाको भनाईलाई समर्थन गर्दै मन्त्री अधिकारिले समेत असहयोग गर्ने विमानस्थलका कर्मचारीहरुलाई आफ्नो बाटो लाग्न निर्देशन दिए। आफुले बिगतमा विमानस्थलको कामलाई ४ सिफ्टमा गर्न खोज्दा कर्मचारीहरुबाट असहयोग भएको भन्दै मन्त्री अधिकारिले ८ घण्टा मात्र काम गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन कर्मचारीलाई निर्देशन दिए। 

'हाम्रो उदेश्य विमानस्थल २१ घण्टा होइन, २४ घण्टा संचालन गर्ने हो, हाम्रो काम ८ घण्टा मात्र खुम्चिदा देशले समृद्धि हासिल गर्न सक्दैन, देश अब २४ घण्टा चल्ने बनाउने हो, अन्तराष्ट्रिय विमानस्थल २४ घण्टा चलाउने हो, त्यहि अनुसार तपाईहरु (कर्मचारी) तयार हुनुहोस, सक्नेले बस्छन गर्छन, नसक्नेले जान्छन' मन्त्री अधिकारिले भने। 

संसारमा २५ वटा देश हुँदा नेपाल थियो तर अमेरिका थिएन तर गरिब र पछ्यौटेपन चिन्तनले नै नेपाललाई आजको अवस्थामा पुर्याएको हो, सकरात्मक सोचका साथ पसिना बगाएर अगाडी बढ्नुपर्छ, नेपालकै प्रतिष्ठासंग जोडिएको विमानस्थलको सुधार गर्न कर्मचारीहरुले अल्छी गर्नु हुँदैन, मन्त्री अधिकारिले भने।    

एयर ट्राफिक कन्ट्रोलरहरुले केही साता अगाडिमात्र पर्याप्त जनशक्ति नभएको,प्रविधि तथा सेवा सुविधा पनि पर्याप्त नभएको भन्दै तत्काल विमानस्थलको सञ्चालन समय बढाउन नसकिने बताएका थिए। 

सचिब देबकोटा र मन्त्री अधिकारिको भनाईप्रति असन्तुष्टि देखाउदै विमानस्थलका कर्मचारीहरुले बिजपाटिलाई सचिबले भनेजस्तो कर्मचारी २१ घण्टा संचालनको बिरोधि नभएको तथा जनशक्तिको व्यवस्था र पूर्वाधारलाई पनि ध्यान दिन आग्रह गरेको बताए। 'सस्तो लोकप्रियता र मन्त्रीको प्यारो बन्न सचिबले कर्मचारीलाई थर्काएका हुन, यथार्थ कुरा के हो भने कर्मचारीहरु विमानस्थललाई २१ घण्टा संचालन गर्ने सरकारको योजनालाई कर्मचारीले सहयोग र स्वागत गरेको छ, हाम्रो भनाई भनेको जनशक्तिको व्यवस्था र पूर्वाधारलाई पनि ध्यान दिनुपर्छ भन्ने हो' विमानस्थलका एक कर्मचारीले भने।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved